Anubhabi News Portal
A product of Anubhabi Technologies Pvt. Ltd.
Contact Us

थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १७४६ जना

Last updated October 17, 2020 18:08

पछिल्लो २४ घण्टामा ३ हजार १६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ४३८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये १ हजार ७४६ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका १४५१ जना, ललितपुरका १५२ र भक्तपुरका १४३ जना छन् ।यससँगै कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ, जसमध्ये ७२७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

८९ हजार ८४० संक्रमितमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८०० जना संक्रमणमुक्त भएका हुन् । देशभरमा ३८ हजार ७३७ संक्रिय संक्रमित छन् ।

Pricing

BASIC

Rs. 50,000/-

STANDARD

Rs. 60,000/-

PLUS

Rs. 80,000/-

GOLD

Rs. 1,00,000/-

Platinum

Rs. 1,20,000/-

Diamond

Rs. 1,50,000/-

CUSTOM