Anubhabi News Portal
A product of Anubhabi Technologies Pvt. Ltd.
Contact Us

धनगढीका १२ वडाका ३६ जनामा एकैदिन कोरोना पुष्टि

Last updated October 17, 2020 17:56

धनगढी

 सेती प्रादेशिक अस्पतालको परिक्षण्मा धनगढी उपमहानगरपालिकाका १९ मध्य १२ वडाका ३६ जना सहित शनिबार ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टामा गरिएको ६ सय ३४ जनाको स्वाव परिक्षणमा धनगढी वडा नम्बर १ का १६ जना, वडा नम्बर २ का २ जना, वडा नम्बर३ का २ जना, वडा नम्बर ४ का ४ जना, वडा नम्बर ५ का ४ जना, वडा नम्बर ६ का १ जना, वडा नमबर ७ का १ जना, वडा नम्बर ८ का ३ जना, वडा नम्बर १२, १४ र १८ का १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती अस्पतालले जनाएको छ ।

 अस्पतालका अनुसार कैलालीको लम्किचुहा नगरपालिका १ का १ जना, गोदावरी नगरपालिकाका ७ जना, गौरिगंगा नगरपालिकाका १ जना, कैलालरी गाउँपालिका ८ का २ जना र परिचय नखेलेका कैलालीका १ जनामा संक्रमण पुष्टि भएको छ ।

 त्यस्तै पुनर्वास नगरपालिकाका ४ जना, शुक्लाफाँटा नगरपालिका १० का १ जना, वेलौरी नगरपालिकाका १ जना र भिमदत्त नगरपालिकाका २ जना गरी कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 सेतीकै परिक्षणमा डडेल्धुराको आलिताल गाउँपालिका ८ का १ जना र डोटीको जोरायल गाउँपालिका १ का १ जनामा समेत संक्रमण पुष्टि भएको छ ।

Pricing

BASIC

Rs. 50,000/-

STANDARD

Rs. 60,000/-

PLUS

Rs. 80,000/-

GOLD

Rs. 1,00,000/-

Platinum

Rs. 1,20,000/-

Diamond

Rs. 1,50,000/-

CUSTOM