Anubhabi News Portal
A product of Anubhabi Technologies Pvt. Ltd.
Contact Us

धनगढीबाट सुदूर पहाडका तीन जिल्लामा नियमित हवाई सेवा सञ्चालन हुने, यस्तो छ उडान तालिका

Last updated October 17, 2020 15:35

धनगढीबाट सुदूर पहाडका तीन जिल्ला डोटी, बैतडी र बझाङमा नियमित हवाई सेवा सञ्चालन हुने भएको छ ।उडान तालिकाको टुङ्गो लागेसँगै समिट एयरले डोटीको दीपायल, बैतडीको पाटन र बझाङको चैनपुर विमास्थलमा नियमित हवाई सेवा सञ्चालन गर्ने भएको हो ।

धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले तीन वटै जिल्लामा समिटले नियमित उडान गर्ने जानकारी दिए। थापाका अनुसार तीन वटै विमानस्थलको उडान तालिका तय भईसकेको छ ।धनगढीबाट डोटी र बझाङ मंगलबार र शुक्रबार तथा बैतडीका लागि मंगलबार उडान भर्नेछ । समिट एयरले धनगढीबाट बाजुराका लागि भने यसअघिदेखि नै उडान भरिरहेको छ ।

बाजुरामा यात्रुको चाप भएका कारण करिब दैनिक उडान भईरहेको छ । यस्तै अछामको साफे विमानस्थलका लागि समेत धनगढीबाट उडान गर्ने तयारी गरिएको छ तर उडान तालिका र भाडादर कायम भएको छैन् ।यसैबीच समिट एयरले शुक्रबारदेखि नै डोटीको दिपालय र बैतडीको पाटन विमानस्थलका लागि उडान थालेको छ।

शुक्रबार धनगढीबाट विहान १० बजेर ३० मिनेटमा र डोटीबाट धनगढी ११ बजेर ३० मा उडान गरेको थियो । धनगढी–डोटी यात्राका लागि ३२ सय रुपैयाँ भाडादर तोकेको छ ।यस्तै समिटले शुक्रबार बैतडीको पाटन विमानस्थलका लागि समेत उडान भरेको थियो । शनिबार पनि धनगढीबाट दुई उडान गरिएको जनाएको छ।  

Pricing

BASIC

Rs. 50,000/-

STANDARD

Rs. 60,000/-

PLUS

Rs. 80,000/-

GOLD

Rs. 1,00,000/-

Platinum

Rs. 1,20,000/-

Diamond

Rs. 1,50,000/-

CUSTOM