Anubhabi News Portal
A product of Anubhabi Technologies Pvt. Ltd.
Contact Us

ग्यास सिलिण्डर दुर्घटनाबाट कसरी जोगिने ?

Last updated October 17, 2020 12:35

काठमाडौं : यो साता कैलाली र काठमाडौंमा दुईवटा भयानक दुर्घटना भए । यी दुवै दुर्घटना खाना पकाउने ग्यासमा आगो लागेर बिस्फोटनबाट भएका हुन् ।

ग्यास सिलिण्डरमा आगो लागेर बिस्फोट हुँदा बुधबार कैलालीको धनगढीमा हरिलाल विष्टको घर पूरै जल्यो । घटनामा ६५ वर्षीया बर्मा विष्टले ज्यान गुमाइन् भने हरिलाल र उनकी १५ वर्षीया नातिनीको अहिले सघन उपचार चलिरहेको छ ।

धनगढीमा बिस्फोटनको भोलिपल्ट बिहीबार काठमाडौंको नयाँबजारमा अर्को ग्यास सिलिण्डर बिष्फोट भयो । नीलकुमारी क्षेत्रीको घरमा भएको बिस्फोटमा ११ जना घाइते भए । गम्भीर घाइते चार जनासहित सबैको उपचार जारी छ ।

बिस्फोटको प्रकृति यति भयानक छ कि सिलिण्डर पड्किएको घरका कोठाहरु एक प्रकारले ध्वस्त नै भएको छ । वरीपरिको घरको झ्यालका सिसासमेत फुटेका छन् । विष्फोटनबाट तीनवटा घरमा क्षति पुगेको छ ।

 

नाप तौल विभागले गरेको बजार अनुगमनमा बजारमा ग्याससम्बन्धी दुर्घटनाका कारण चुहावट नै प्रमुख भएको पाइएको छ

दुई दिनको फरकमा दुईवटा भयानक दुर्घटना भएपछि आम मानिसमा एक प्रकारको त्रास उत्पन्न भएको छ । सबैको मनमा प्रश्न उब्जिएको छ, ‘मेरो भान्सामा भएको सिलिण्डर कति सुरक्षित छ ?’

आयल निगम र नाप तौल विभागले आफ्नो घरको सिलिण्डरको सुरक्षाबारे उपभोक्ता जानकार हुन केही टिप्स दिएका छन् ।

ग्यास उद्योगमा उत्पादनकै समयमा ग्यासलाई सुरक्षित बनाउन भएका प्रयासमा केही कमजोरी रहे त्यसबाट हुने क्षति रोक्न उपभोक्ताको भूमिका महत्वपूर्ण हुने अधिकारीहरु बताउँछन् ।

सिलिण्डर कसरी सुरक्षित गराउने ?

आयल निगमका अधिकारीहरुले दिएको टिप्सअनुसार भान्सामा ग्यासको जोखिम कम गर्ने उपाय यस्ता छन् :–

  • डिलरबाट ल्याउँदा वा लैजाँदा सिलिण्डर कुनै पनि अवस्थामा नगुडाउने ।
  • डिलरले घरसम्म ल्याइदिएको ग्यास चुहावटयुक्त छ कि छैन, परीक्षण गर्ने ।
  • भान्सामा सिलिण्डर सधैँ ठाडो बनाएर राख्ने ।
  • कुनै पनि अवस्थामा ग्यासलाई सुताएर वा कोल्टे पारेर वा घोप्ट्याएर प्रयोग नगर्ने ।
  • ग्यास चुल्होका लागि चाहिने रेगुलेटर, पाइप, चुल्हो, रबरहरु नेपाल सरकारले गुणस्तर प्रमाण पत्र जारी गरेको कम्पनीको मात्रै प्रयोग गर्ने ।
  • ग्यास चुल्होसँग सम्बन्धित उपकरणहरु सकेसम्म हरेक दुई वर्षमा फेर्ने । सिलिण्डरबाट चुल्होसम्म पु¥याउने पाइप अनिवार्य फेर्ने ।
  • खाना पकाइसकेपछि रेगुलेटर अनिवार्यरुपमा बन्द गर्ने ।
  • खाना पकाउँदा कोठाको झ्याल ढोका बन्द गर्ने, खाना पकाउन बस्दा सुतीको कपडा लगाएर बस्ने ।

दुर्घटना पहिचान र सतर्कता 

सावधानी अपनाउँदा अपनाउँदै पनि कहिलेकाँही ग्यास चुहावट हुन सक्ने जोखिम रहन्छ ।  यस्तो अवस्थामा उपभोक्ताले तत्कालै अपनाउन सक्ने उपाय यस्ता छन् :–

  • ग्यासको सिलिण्डर भएको ठाउँमा एलपी ग्यासको तीखो गन्ध आयो भने ग्यास लिक भएको बुझ्नुपर्छ ।
  • ग्यासको तिखो गन्ध थाहा पाउनेबित्तिक्कै आगोका झिल्का निस्कने जस्तै–चुल्हो, लाइटर, सलाई, बिजुलीका प्लग, धुप जस्ता कुनै पनि उपकरण चलाउनु हुँदैन ।
  • ग्यास लिक भएको थाहा पाउने बितिक्कै पहिले रेगुलेटर र पछि चुल्होको निभ बन्द गर्नुपर्छ ।
  • ग्यास लिक भएको सिलिण्डर रेगुलेटरबाट छुटाएपछि सिलिण्डरमा हुने सुरक्षा क्याप लगाएर कोठा बाहिर राख्ने ।
  • ग्यासको अनावश्यक भण्डारण नगर्ने ।

अग्नि नियन्त्रकको सुझाव

भान्सामा प्रयोग हुने ग्यासबाट हुने आगलागी जोखिमपूर्ण भए पनि अलि सचेत उपभोक्ताले आफैं ठूलो क्षति रोक्न सक्ने अग्नी नियन्त्रकको सुझाव छ ।

घरको भान्सामा प्रयोग हुने एउटा ग्यास लिक भएर लागेको आगोकै कारण सिलिण्डर पड्किन नसक्ने जुद्ध वारुण यन्त्रका फायर फाइटर कमाण्डर नरेश कुवँर बताउँछन् ।

‘आगो लाग्ने बितिक्कै ग्यास पड्किन्छ भनेर हामी भाग्छौँ, तर आगो लागिरहेको सिलिण्डर तत्कालै पड्किदैन, सिलबन्द कुनै सिलिण्डर छेउमा छ भने त्यो चै पड्किन्छ’ कुवँरले भने ।

आगो लाग्नेबितिक्कै लिक भएको ठाउँमा चिसो कपडाले छोप्ने, रेगुलेटर वा क्यापले ग्यासको चुहावट रोक्न सकिने कुवँर बताउँछन् । ब्लान्केट भिजाएर सिलिण्डर छोप्ने, जुटको बोरा भिजाएर छोप्ने तथा पानी राख्ने बाल्टिनले बेस्सरी सिलिण्डर छोप्दा पनि आगलागी नियन्त्रण गर्न सकिने उनी बताउँछन् ।

साथै मौज्दातमा भरेर राखेको अर्को सिलिण्डर ग्यास छ भने त्यसलाई तुरुन्तै बाहिर निकाल्नुपर्ने उनी सुझाउँछन् । भान्सामा हुने आगलागीमा आत्तिएर भाग्ने नभई थप क्षति रोक्न आगो फैलने स्रोत बन्द गर्ने र दमकललाई खबर गर्नुपर्ने उनले सुझाव दिए ।

काठमाडौं उपत्यकामा हुने आगलागी तत्काल नियन्त्रण गर्न महानगरले हरेक वडामा २५ देखि ४० जनासम्म युवालाई अग्नि नियन्त्रण तालिम दिन लागेको पनि उनले सुनाए ।

बजारमा भएकोे सिलिण्डर कति सुरक्षित छ ?

नेपाल आयल निगमका अनुसार देशभर अहिले २८ लाख सिलिण्डरहरु  उपभोक्ताका घरमा छन् । दैनिक ८० हजारदेखि एक लाख सिलिण्डर बजारबाट खाली उठ्ने र त्यति नै संख्यामा रिबोटलिङ भएर वितरकमार्फत उपभोक्ताको घरमा पुग्ने निगमले जनाएको छ । यसका अतिरिक्त देशभरका ५९ वटा ग्यास उद्योगको आफ्नै स्टोरेजमा पनि ग्यास मौज्दात हुन्छ ।

ग्यासको प्रयोग सुरक्षित बनाउन निगमले जनचेतनामुलक कार्यक्रमहरु पनि गरिरहेको निगमका प्रवक्ता वीनितमणि उपाध्याय बताउँछन् ।

केही समय अघिसम्म अस्त–व्यस्त रहेको ग्यासको सुरक्षित प्रयोगको निगम, मुद्दा नापतौल तथा गुणस्तर विभाग र वाणिज्य विभागको नियमनकारी भूमिकामार्फत धेरै हदसम्म सुरक्षित बनाइएको उनी दाबी गर्छन् ।

खाना पकाउने ग्याससँग सम्बन्धित दुर्घटनामा यसलाई सञ्चालन गर्ने उपभोक्ताको असावधानी र उत्पादक तथा बिक्रेताको बदमासीका कारण सिलिण्डर तथा यसमा प्रयोग हुने रेगुलेटर, भल्वमा देखिने समस्यामा निर्भर हुने जानकारहरु बताउँछन् ।

ग्यास अति नै सम्वेदनशील वस्तु भएकाले यसको गुणस्तर, उत्पादन र प्रयोग सुरक्षित बनाउन गुणस्तर तथा नापतौल विभागले मापदण्ड बनाएरै लागू गरेकोे विभागका महानिर्देशक विश्वबाबु पुडासैनी बताउँछन् ।

उक्त मापदण्डले ग्यासको उत्पादन, ढुवानी र प्रयोगलाई हरसम्भव सुरक्षित राख्ने महानिर्देशक पुडासैनीको दाबी छ ।

विभागले गरेको बजार अनुगमनमा बजारमा ग्याससम्बन्धी दुर्घटनाका कारण चुहावट नै प्रमुख भएको पाइएको छ । सिलिण्डरमा जोडिएको भल्व, रेगुलेटर, पाइप तथा ग्यास चुल्होका कारणले हुने चुहावटले ९५ प्रतिशत घटना हुने गरेको महानिर्देशक पुडासैनी बताउँछन् ।

विभागका अधिकारीहरुको दाबी अनुसार केही कम्पनीको सिलिण्डरकै कुनै भागमा भएको प्वालका कारणले हुने चुहावट भने एक/दुई प्रतिशत मात्रै छ । विभागले बनाएको मापदण्डले बजारमा कमसल र असुरक्षित सिलिण्डर आउनलाई रोक्ने विभागका सूचना अधिकारी सञ्जीवकुमार ठाकुर बताउँछन् ।

गुणस्तरीय सिलिण्डर प्रयोगमा ल्याउन, सुरक्षित ग्यास भर्न, सिलिण्डरमा जोडिने भल्भ तथा क्याप सुरक्षित बनाउन नेपाल गुणस्तर लागू गरिएको उनको भनाइ छ ।ग्यास उद्योग, बिक्रेता र डिलरहरुले नेपाल गुणस्तर पालना गरे÷ नगरेको भनेर नियमित अनुगमन हुने गरेको र नगर्नेलाई कारबाही पनि गरिने गरिएको ठाकुरले बताए ।

Pricing

BASIC

Rs. 50,000/-

STANDARD

Rs. 60,000/-

PLUS

Rs. 80,000/-

GOLD

Rs. 1,00,000/-

Platinum

Rs. 1,20,000/-

Diamond

Rs. 1,50,000/-

CUSTOM