Anubhabi News Portal
A product of Anubhabi Technologies Pvt. Ltd.
Contact Us

फ्रान्समा एक शिक्षकको घाँटी काटेर हत्या, इस्लामिक आतंकवाद रहेको राष्ट्रपतिको भनाइ

Last updated October 17, 2020 08:32

फ्रान्सको राजधानी पेरिस नजिकै एक शिक्षकको टाउको काटी हत्या भएको छ । आक्रमणकारीको प्रहरीको गोली लागेर मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटना पूर्व हत्या भएका शिक्षकले आफ्ना विद्यार्धीलाई पैगम्बर मोहम्मदको विवादास्पद कार्टून देखाएका थिए ।

स्थानीय समय अनुसार शुक्रबार बेलुका पाँच बजेतिर घटना भएको हो । स्कूल नजिकै उनको हत्या भएको प्रहरीले जनाएको छ । सो घटनालाई आतंकवादी आक्रमणका रुपमा लिएर अनुसन्धान भइरहेको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोँले घटनास्थलको निरीक्षण गरेका छन् । उनले सो घटना इस्लामिक आतंकवादी आक्रमण रहेको बताए ।

वाक स्वतन्त्रताबारे पढाएकै कारण शिक्षकको हत्या भएको म्याक्रोँको भनाई छ । शिक्षकको नाम खुलाइएको छैन । घटना लगत्तै प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्न खोजेको थियो, तर भागेपछि गोली चलाउँदा उनको मृत्यु भएको हो । आक्रमणकारीका बारेमा पनि प्रहरीले केही खुलाएको छैन ।

सन् २०१५ मा स्थानीय व्यंग्य पत्रिका सार्ली एब्डोले प्रकाशित गरेको पैगम्बर मोहम्मदको विवादास्पद कार्टूनका कारण पत्रिकाको कार्यालयमा आतंकवादी आक्रमण भएको थियो । सो घटनाको सुनुवाई अहिले जारी छ ।

Pricing

BASIC

Rs. 50,000/-

STANDARD

Rs. 60,000/-

PLUS

Rs. 80,000/-

GOLD

Rs. 1,00,000/-

Platinum

Rs. 1,20,000/-

Diamond

Rs. 1,50,000/-

CUSTOM