Anubhabi News Portal
A product of Anubhabi Technologies Pvt. Ltd.
Contact Us

महेन्द्रनगरमा कार्यकक्षमै ढलेको अवस्थामा भेटिएका रिलायन्स इन्सोरेन्सका म्यानेजरको मृत्यु

Last updated October 17, 2020 07:59

धनगढीः कार्यकक्षमै ढलेको अवस्थामा भेटिएका रिलायन्स इन्सोरेन्स महेन्द्रनगरका म्यानेजरको मृत्यु भएको छ। शुक्रबार दिउँसो कार्यकक्षमा ढलेको अवस्थामा भेटिएका रिलायन्स इन्सोरेन्सका म्यानेजर बैतडीको सुर्नया गाउँपालिकाका ३५ वर्षीय गणेश साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले कार्यकक्षमै ढलेको अवस्था भेटिएका साउँदको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको बताए। साउँद वान्ता गरी ढलेको अवस्थामा भेटिएको खबरपछि उद्दार गरेर उपचारका लागि धनगढी पठाइएको भएपनि शुक्रबार साँझ उनको मृत्यु भएको प्रहरी नायब उपरिक्षक थापाले बताए।

उनको कार्यकक्षमा रहेको डस्टबिनमा सलफास भेटिएको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। 

Pricing

BASIC

Rs. 50,000/-

STANDARD

Rs. 60,000/-

PLUS

Rs. 80,000/-

GOLD

Rs. 1,00,000/-

Platinum

Rs. 1,20,000/-

Diamond

Rs. 1,50,000/-

CUSTOM