Anubhabi News Portal
A product of Anubhabi Technologies Pvt. Ltd.
Contact Us

नेपाल–भारत उडान अनिश्चित

Last updated October 17, 2020 07:51

काठमाडौं : कात्तिक १ गतेबाट नेपाल–भारत उडान सुरु गर्ने भनिए पनि अझै टुंगो लाग्न सकेको छैन। कोरोना महामारीबीच गत चैत ११ गतेबाट बन्द रहेको नेपाल–भारत उडान सञ्चालन गर्न गत साता नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईबीच छलफल भएको थियो। त्यसपछि कात्तिक १ गतेबाट नै उडान सुरु गर्ने तयारी भइरहेको भए पनि मन्त्रिपरिषद् बैठकले स्वीकृति नदिएसम्म उडान पुनः सञ्चालन नहुने देखिन्छ। 

कोरोना महामारीबीच गत भदौ १६ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको हो। नियमित अन्तर्राष्ट्रिय उडान खुले पनि साबिकको समयमा नेपाल उडान भर्दै आएका सबै विमान कम्पनीले आफ्नो नियमित सेवा सुरु गरेका छैनन्। कुल ३० वायुसेवा कम्पनीले नेपाल उडान भर्दै आएकोमा हाल १२ कम्पनीले मात्र नेपाल उडान भर्दै आएका छन्। 

नेपाल सरकारले सार्वजनिक गरेको स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गर्दै दैनिक करिब आठ सय यात्रु ल्याउन पाउने गरी अन्तर्राष्ट्रिय उडान सञ्चालन भइरहेको छ। कोरोना महामारी बढी भएको र कोरोना जाँच सहज नभएका गन्तव्यमा नेपाल सरकारले उडान अनुमति दिएको छैन। यसैबीच छिमेकी मुलुक भारतले नेपाल उडानका लागि अनुमति मागेको हो। भारततर्फको नियमित उडान सञ्चालन भइनसकेको भए पनि चार्टर्ड उडान भने हुँदै आएका छन्। 

नेपाल–भारत उडान सञ्चालन गर्न दुवै पक्ष सकारात्मक भए पनि सरकारले उडान अनुमति नदिएसम्म उडान हुन नसक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। आगामी मन्त्रिपरिषद्ले निर्णय गरे उडान सुरु गर्न सकिने क्षेत्रीको भनाइ छ। प्रवक्ता क्षेत्रीले भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले पनि परराष्ट्र मन्त्रालयमा हप्तामा कम्तीमा दुई वटा हुने गरी भारत उडान सञ्चालन गर्ने सम्बन्धमा जानकारी गराइसकेको बताए। तर, सरकारले निर्णय नगरेसम्म भारत उडान कहिलेबाट हुने भन्न नसकिने प्राधिकरणको भनाइ छ। कोरोनाअघि नेपाल एयरलाइन्स, किङफिसर, एयरइन्डिया, भिस्टारा एयरलगायतले नेपाल–भारत उडान गर्दै आएका थिए। पहिला देनिक कम्तीमा ७ देखि बढीमा १५ वटासम्म नेपाल–भारत उडान हुने गरेको प्राधिकरण बताउँछ। लामो समयदेखि उडान बन्द हुँदा भारतमा नै अड्किएका र उडान खुल्ने प्रतीक्षामा बसेका विद्यार्थी, कर्मचारीलगायत नेपाली नेपाल–भारत उडान सञ्चालनको प्रतीक्षामा छन्। याे समाचार अन्नपूर्ण पाेस्टमा सुनिता कार्कीले लेखेकी छन् । 

Pricing

BASIC

Rs. 50,000/-

STANDARD

Rs. 60,000/-

PLUS

Rs. 80,000/-

GOLD

Rs. 1,00,000/-

Platinum

Rs. 1,20,000/-

Diamond

Rs. 1,50,000/-

CUSTOM