Anubhabi News Portal
A product of Anubhabi Technologies Pvt. Ltd.
Contact Us

बाँकेमा एकैदिन तीन कोरोना संक्रमितको मृत्यु

Last updated October 17, 2020 07:52

नेपालगन्ज : बाँकेमा शुक्रबार एकै दिन तीन कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बाँकेका दुई जना र एक जना रुकुमका व्यक्तिको कोरोनाबाट मृत्यु भएको हो। दुई जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा र एक जनाको नेपालगन्जको भेरी अस्पतालमा मृत्यु भएको उनले बताए।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा क्रममा रुकुमको चौरजहारी नगरपालिका १४ का ३३ वर्षका पुरुषको बिहान पाँच बजेतिर मृत्यु भएको थियो। नेपालगन्ज उपमहानगरपालिका १० भृकुटीनगरका ६१ वर्षका पुरुषको राति ९ बजे भेरी अस्पतालमा र नेपालगन्ज १८ कारकाँदोकी १८ वर्षीया महिलाको राति ९:३० बजे शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो। 

योसँगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ। बाहिरी जिल्लाबाट बाँकेका अस्पतालमा उपचार गर्न आएका १३ जनासहित बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको कूल संख्या ४२ पुगेको छ। 

 

Pricing

BASIC

Rs. 50,000/-

STANDARD

Rs. 60,000/-

PLUS

Rs. 80,000/-

GOLD

Rs. 1,00,000/-

Platinum

Rs. 1,20,000/-

Diamond

Rs. 1,50,000/-

CUSTOM