Anubhabi News Portal
A product of Anubhabi Technologies Pvt. Ltd.
Contact Us

दुधुवामा कञ्चनपुरका युवक मृत फेलाः भारतीय प्रहरीको अनुसन्धानले के देखायो ?

Last updated November 21, 2020 18:18

धनगढी: भारतीय दुधुवा राष्ट्रिय निकुञ्जमा मृत अवस्थामा भेटिएका कञ्चनपुरका युवकको शव आफन्तले बुझेका छन् । 

पुनर्वास नगरपालिका–५ का ३५ वर्षीय शिवलाल रानाको शव शुक्रबार राति भारतबाट ल्याइएको र शव आफन्तले बुझेर शनिबार विहान अन्तेष्टि गरिसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । 

शवको पोष्टमार्टम रिपोर्ट भने आउन बाँकी रहेको प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए । यद्यपि भारतीय प्रहरीले मृतकका आफन्तलाई रानाको गोली हानेर नै हत्या भएको बताएको छ । 

घटना स्थलमा रहेका भारतीय प्रहरीले कसैले रानालाई नजिकबाट गोली हानेको बताएको छ । घटनाको स्थलगत अनुसन्धानपछि प्रहरीले आफुहरुलाई दाईको हत्या भएको र उनलाई नजिकबाट गोली हानिएको बताएको शिवलाल रानाका भाई जयलाल रानाले जानकारी दिए । 

Pricing

BASIC

Rs. 50,000/-

STANDARD

Rs. 60,000/-

PLUS

Rs. 80,000/-

GOLD

Rs. 1,00,000/-

Platinum

Rs. 1,20,000/-

Diamond

Rs. 1,50,000/-

CUSTOM