Anubhabi News Portal
A product of Anubhabi Technologies Pvt. Ltd.
Contact Us

बन्द भएको ८ महिनापछि आइतबारबाट सिन्धुलीका विद्यालय खुल्ने

Last updated November 21, 2020 17:38

सिन्धुली : आठ महिनादेखि बन्द रहेका सिन्धुलीका विद्यालयमा मंसिर ७ गते आइतबारबाट नियमित पठनपाठन हुने भएको छ। जिल्ला सदरमुकाम स्थित कमलामाई नगरपालिका भित्रका सामुदायिक र संस्थागत सबै विद्यालयमा शिक्षक विद्यार्थीहरुको भौतिक उपस्थितीमै नियमित कक्षा सञ्चालन हुन थालेको हो। 

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण गत चैत्र महिनादेखि बन्द विद्यालयहरु आठ महिनापछि संचालनमा आउन लागेका हुन्। कमलामाई नगर शिक्षा समितिले शुक्रबार स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइ अनिवार्य विद्यालय संचालन गर्न निर्णय गरेपछि मंसिर ७ गते आइतबारबाट विद्यालयहरु संचालन गर्न थालिएको शिद्धबाबा इङ्लिस माविका प्रिन्सिपल तथा प्याब्सन सिन्धुलीका अध्यक्ष राजेश मास्केले जानकारी दिए। 

‘मास्केका अनुसार नगर क्षेत्रका सबै संस्थागत विद्यालयहरु संचालन गर्ने तयारी गरिएको छ। बिहान र दिउँसो दुई सिफ्टमा गरेर कक्षा भित्र नै भौतिक दुरी कामय गराइ कक्षा संचालन गर्न लागिएको हो’, उनले भने। कमलामाई नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुले पनि आइतबारबाट पठनपाठन संचालन हुने विद्यार्थी तथा अभिभावकहरुलाई खबर गर्न थालेका छन्।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी गरिएको विद्यालय संचालन सम्बन्धी कार्यढाँचा २०७७ बमोजिम सबै विद्यालय अनिवार्य रुपमा संचालन गर्न भनिएको नगर शिक्षा अधिकारी शंकरराज लुइँटेलल जनाए।‘यस्ता विद्यालयहरु शिक्षक, अभिभावक, व्यवस्थापन समितिबीच समन्वय गरेर स्वास्थ्य मापदण्ड सहित विद्यालय संचालनको मोडालिटी समेत बनाउन भनिएको छ’, उनले भने।  लुइँटेलका अनुसार नगरभित्र ८३ वटा सामुदायिक र २३ वटा संस्थागत विद्यालय छन्। कमलामाई नगरपालिका बाहेक जिल्लाका अन्य स्थानीय तहका विद्यालय यसअघि नै स्वास्थ्य सतर्कताका साथ संचालनमा आइरहेका छन्। विद्यालय सञ्चालन गर्न नगर शिक्षा समितिले जारी गरेको सूचना।

 

Pricing

BASIC

Rs. 50,000/-

STANDARD

Rs. 60,000/-

PLUS

Rs. 80,000/-

GOLD

Rs. 1,00,000/-

Platinum

Rs. 1,20,000/-

Diamond

Rs. 1,50,000/-

CUSTOM