Anubhabi News Portal
A product of Anubhabi Technologies Pvt. Ltd.
Contact Us

सुदूरपश्चिममा थप ५१ जनामा कोरोना पुष्टि

Last updated November 21, 2020 16:17

कैलालीका ४५ सहित सुदूरपश्चिमका थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहीबार ३७७ जनाको परीक्षण गर्दा थप ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २७ जनामा संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर २ का ७ जना, वडा नम्बर ५ का ५ जना, वडा नम्बर १ का ३ जना, वडा नम्बर ११ का २ जना, यस्तै वडा नम्बर ३, ४, ७, १२, १६ र १८ का १/१ जनामा संक्रमण देखिएको छ ।

कैलालीकै टीकापुर नगरपालिकाका १६ जना, गौरीगंगा नगरपालिकाका १ जनामा संक्रमण देखिएको छ भने ठेगाना नखुेका १ जनामा पनि कोराना पुष्टि भएको छ । यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ५ जना र बेल्डाडी गाउँपालिकाका १ जनामा  पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

Pricing

BASIC

Rs. 50,000/-

STANDARD

Rs. 60,000/-

PLUS

Rs. 80,000/-

GOLD

Rs. 1,00,000/-

Platinum

Rs. 1,20,000/-

Diamond

Rs. 1,50,000/-

CUSTOM