Anubhabi News Portal
A product of Anubhabi Technologies Pvt. Ltd.
Contact Us

नेपालमा कुल जनसंख्याको २ प्रतिशतसम्म कोरोना संक्रमण हुने अनुमान : स्वास्थ्यमन्त्री

Last updated November 21, 2020 14:55

काठमाडौं,। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कुल जनसंख्याको २ प्रतिशतसम्म कोरोना संक्रमण हुने अनुमान गरिएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उहाँले अबको चार महिनामा करिब एक लाख ४८ हजारजनामा संक्रमण पुष्टि हुनसक्ने अनुमान रहेको पनि बताउनुभयो ।

स्वास्थ्यमन्त्री ढकालले सुरुमा कुल जनसंख्याको २ प्रतिशतमा ‘पीसीआर’ परीक्षण गर्ने नीति लिइएपनि संक्रमण नियन्त्रणमा आउन नसक्दा अहिलेसम्म १६ लाख ५० हजारको परीक्षण भइसकेको जानकारी दिनुभयो ।

सामर्थ्यअनुसार संक्रमण रोकथामका लागि सरकार युद्धस्तरमा लागिरहेको उहाँको भनाइ छ ।

मन्त्री ढकालले विश्वमा कोरोनाविरुद्धको खोप उत्पादन भएर विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भइ प्रयोग गर्ने अवस्थामा आउँदा नेपाली जनतालाई पनि ‘भ्याक्सिन’ दिलाउन सकियोस् भन्नेतर्फ सरकारले ध्यानकेन्द्रित गरी काम गरिरहेकोे बताउनुभयो ।

उहाँले अहिलेपनि कुल सक्रिय संक्रमितमध्ये ८० प्रतिशत ‘होम आइसोलेसन’मा रहनुले नागरिकको बुझाइमा परिवर्तन आएको स्पस्ट हुने बताउनुभयो ।

 

Pricing

BASIC

Rs. 50,000/-

STANDARD

Rs. 60,000/-

PLUS

Rs. 80,000/-

GOLD

Rs. 1,00,000/-

Platinum

Rs. 1,20,000/-

Diamond

Rs. 1,50,000/-

CUSTOM